सर्लाही– हरिवन चेम्बर अफ कमर्सको भवन शिलान्यास भएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले शिलान्यास गरेका हुन् ।

हरिवन चेम्बरका महासचिव टिआर लुइँटेलले चन्दा संकलन लगायतबाट भवन निर्माण सम्पन्न गरिने जानकारी दिए । उक्त भवन चार आना जग्गामा बन्न लागेको हो ।

हरिवन चेम्बरले प्रथम साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरी पदस्थापन तथा शपथग्रहण कार्यक्रम पनि सम्पन्न गरेको छ । हरिवन चेम्बरले ३६ सदस्यीय कार्यसमिति चयन गरेको छ । हाल यसमा २८४ जना सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय