
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले) को झलनाथ खनाल र माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णय नमान्ने जनाएको छ ।
शुक्रबार ओलीले एकलौटी रुपमा केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएर यस्तो निर्णय गरेको हो ।
बानेश्वरको एक होटलमा बसेको बैठकले विधान विपरीत आएको केपी ओलीको निर्णय मान्न नसकिने भन्दै समानान्तर कमिटी गठन गरेर अघि बढ्ने निर्णय लिएको हो ।
एमालेका एकजना स्थायी समिति सदस्य बेदुराम भुसालका अनुसार शनिबार जिल्ला तहबाटै समानान्तर कमिटी बनाउने निर्णय भएको छ ।