काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य चार सय रुपैयाँले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुन तोलाको मूल्य ८६ हजार ६०० तोकेको छ । यो अघिल्लो दिनको तुलनामा चार सय रुपैयाँले बढी हो ।

महासंघले चैतको पहिलो दिन छापवाल सुन तोलाको ८६ हजार ६०० मा कारोबार हुने गरी मूल्य निर्धारण गरेको छ । तेजाबी सुनको मूल्य तोलाको ८६ हजार १५० रुपैयाँ तोकिएको छ । शुक्रबार तेजाबी सुनको मूल्य तोलाको ८५ हजार ७५० थियो ।

चाँदीको मूल्य भने स्थिर छ । आइतबारका लागि चाँदीको मूल्य तोलाको १२७० तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय