काठमाडौं– मातपोत कार्यालय सिमराका कार्यालय प्रमुख नासु मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रिप्रसाद बडाल भ्रष्टाचारको अभियोगमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई ६ लाख रुपैयाँ घुस लिएको जनाएको छ ।

नासु खनालले सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भन्दै सर्जमिन मुचुल्का सिफारिस पठाएर फुकुवा गर्ने प्रक्रिया मिलाएर फास्ट ट्र्याकबाट पास गराई दिने भन्दै घुस लिएको अख्तियारको दाबी छ ।

आयोगले अनुसन्धानका सिलसिलामा नासु खनालले सेवाग्राहीको जग्गा रजिस्ट्रेसन पास गर्ने क्रममा उक्त जग्गा श्रम तथा रोजगार प्रवर्द्धन विभाग, नयाँबानेश्वर काठमाडौंमा रोक्का रहेको छ, त्यसका लागि खर्च गर्नुपर्छ भन्दै घुस लिएका थिए ।

रकम लिन नासु खनालले लेखनदास बडाललाई पठाएको अख्तियारको भनाइ छ । बढालले खनाललाई उक्त रकम दिइसकेको अवस्थामा आयोगले नियन्त्रणमा लिएको हो । उनीहरुविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय