काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडिआरटी बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार राजधानीको हायात होटलमा आयोजित एक भव्य समारोहमा उक्त सम्मान गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले विश्वका अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल (एमआरडिटी) २०२१ मा सहभागी हुन योग्य आफ्ना अभिकर्तालाई सम्मान गरेको हो । कम्पनीले खादा, माला, प्रसंसा–पत्र सहित उनीहरुलाई सम्मान गरेको हो । कम्पनीमा कार्यरत २३८ जना एमआरडिटी, २० जना कोर्ट अफ द टेबल (सिओटी र ९ जना टप अफ द टेबल (टिओटी) गरी २६७ जना अभिकर्ता एमआरडिटीमा सहभागी हुन योग्य भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले स्वागत मन्तव्य राखेका थिए । सो क्रममा चौधरीले मिलियन डलर राउन्ड टेबल (एमआरडिटी) जस्ता अन्तर्राष्ट्रिय संस्थामा कम्पनीका तर्फबाट अभिकर्ताले सहभागिता जनाउन पाउँदा अन्तर्राष्ट्रिय जगतमा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने बताए ।

त्यसैगरी, कम्पनीका उपमहाप्रबन्धक उमापति पोखरेलले मिलियन डलर राउन्ड टेबल (एमआरडिटी) २०२१ का लागि योग्य भई सहभागिता जनाउने अभिकर्तालाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ सफलताको सिँढी चढ्दै जान शुभकामना दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई उच्च राख्न अहोरात्र खटिने सम्पूर्ण अभिकर्तालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनको सफल यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो । समस्यासँग भाग्ने नभई डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल गर्ने उनले बताए । कार्यबाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईले अभिकर्ताको निरन्तर साथ र सहयोगको अपेक्षा राख्दै धन्यवाद ज्ञापन गर्दै अझै उत्साहका साथ अगाडि बढी कम्पनीले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे ।

पेसागत बिमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष तथा बिमक समिति नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफले अभिकर्तालाई उत्साह र सम्मानको खाँचो महसुस गरी आयोजना गरेको यस प्रकारका कार्यक्रमले अभिकर्तामाझ जोस र जाँगरको ऊर्जा भरी कम्पनीको उचाइले शिखर चुम्न सहयोग पुग्ने विश्वास गरे ।

संघका अध्यक्ष नन्दप्रसाद तिवारीले नेपाल लाइफलाई अग्रणी र अब्बल बिमा कम्पनीका रुपमा निरन्तर देख्न चाहने हामी अभिकर्ताले एकजुट भई काँधमा काँध मिलाई काम गर्नुपर्ने बताए ।

नेपाल लाइफका वरिष्ठ सहायक महाप्रबन्धक दिग्विजय सिंघलले अभिकर्ताको उत्साहजनक साथले कम्पनीले लिएको लक्ष्यलाई दोब्बर बनाउने विश्वास व्यक्त गरे ।

कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगरले जीवन जिउनका लागि मात्र होइन, जीवन जित्नका लागि हो भनी अभिकर्ताहरुमा उत्साह थपे ।

सुनिता पोखरेलले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका कम्युनिकेसन तथा ब्रान्डिङ विभाग प्रमुख मेघेन्द्रप्रकाश गिरीले कार्यक्रम सफल बनाउन गरेको रचनात्मक कार्यको सहभागीले उच्च प्रसंशा गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय