काठमाडौं– स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९५ हजार २०० रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी २ हजार ३३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
बिहीबार एक तोला सुन १ लाख ९४ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार २९० मा क्रयविक्रय भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔंस सुन ३ हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









