काठमाडौं– नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबारको कारोबार मूल्यभन्दा आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २ हजार ४२५ रुपैयाँ कायम भएको छ । महासंघले अन्तर्राष्ट्रिय मूल्यका आधारमा नेपालमा दिनहुँ सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय