गाईघाट– उदयपुर उद्योग वाणिज्य संघको १६औं साधारणसभा तथा अधिवेशन आगामी वैशाख १८ गते हुने भएको छ ।

मंगलबार सम्पन्न संघको कार्यसमिति बैठकले १६औं साधारणसभा तथा अधिवेशन वैशाख १८ गते गते शनिबार गर्ने निर्णय गरेको हो ।

यसपालि संघको आगामी नेतृत्वको निर्वाचन पनि हुनेछ । निर्वाचन भने जेठ १ गते गर्ने निर्णय कार्यसमितिले गरेको छ ।

साधारणसभा, अधिवेशन तथा निर्वाचनमा सहभागिताको लागि वैशाख १७ गतेभित्र सदस्यता नवीकरण गर्नुपर्ने र नयाँ सदस्यको हकमा पनि सोही मितिभित्र दर्ता भएका सदस्यले साधारणसभा र निर्वाचनमा मतदान गर्न पाउने संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय