काठमाडौं– निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता दिने निर्णय गरेको छ । आयोगको शुक्रबार साँझको बैठकले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णय गरेको हो।

यो निर्णय बाहिर आउनु अघि निर्वाचन आयोग परिसरमा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ। नेपाली कांग्रेसको तत्कालीन संस्थापन पक्षले भर्खरै सम्पन्न दोस्रो विशेष महाधिवेशनलाई अवैधानिक भन्दै आएको छ।

आयोगको यो निर्णयसँगै विशेष महाधिवेशनबाट गठित नयाँ नेतृत्व रुख चिह्न र चारतारे झण्डासहित फागुन २१ को निर्वाचनमा जाने बाटो खुलेको छ। अहिलेसम्म रुख चिह्न र झण्डा कसको हुने भन्नेमा द्विविधा थियो।

आयोगको यो निर्णयसँगै झण्डा र रुख चिह्न दाबी गर्न देउवा समूह अदालत जानु पर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय