काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार नेपाल इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक र मिथिला लघुवित्तको सेयर मूल्य समायोजन भएको हो ।

नेपाल इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपछि इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ७८१ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको ३.८ प्रतिशत बोनस सेयर समायोजना भएको छ । समायोजनपछि बैंकको सेयर मूल्य १६९ निर्धारण भएको छ ।

नेप्सेले मिथिला लघुवित्त वित्तीय संस्थाको १२ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपछि संस्थाको सेयर मूल्य एक हजार ६४२ तोकिएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी तीन कम्पनीको सेयरमूल्य समायोजन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय