काठमाडौं– विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कुल घरेलु उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो ।

दक्षिण एसियाको अर्थतन्त्रबारे बैंकले बुधबार जारी गरेको अद्र्धवार्षिक क्षेत्रीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२१–२२ मा बंगलादेशको जिडिपी ३.६ प्रतिशतले, भारतको १० प्रतिशतले र पाकिस्तानको १.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

‘आगामी वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिमा सुधार हुने सम्भावना छ र यस क्षेत्रको अर्थतन्त्र पुनरुत्थानको मार्गमा आउनेछ,’ प्रतिवेदनमा भनिएको छ ।

कोभिड–१९ का कारण धेरै व्यवसाय प्रभावित भएको, राजस्व संकलनमा कमी आएको तथा लाखौं बेरोजगार भएको जनाउँदै प्रतिवेदनमा रोजगारीका अवसर अझै प्रभावित हुने, आम्दानी घट्ने र असमानता बढ्दै जाने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय