काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा सूर्योदय लघुवित्त र सारथी लघुवित्तको सेयर मूल्य समायोजन भएको हो ।

बिहीबार नेप्सेले सूर्योदय लघुवित्त वित्तीय संस्थाको १५.३५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपछि संस्थाको सेयर मूल्य एक हजार ९६० कायम भएको छ ।

त्यस्तै, सारथी लघुवित्त वित्तीय संस्थाको ८.१३ प्रतिशत बोनस सेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ । समायोजनपछि संस्थाको सेयर मूल्य एक हजार ५९६ तोकिएको छ ।

नेप्सेले यी दुबै कम्पनीको अघिल्लो कारोबारका आधारमा मूल्य समायोजन गरेको हो ।

बुधबार सूर्योदयको सेयर प्रतिकित्ता दुई हजार २६१ अन्तिम कारोबार मूल्य रहेको थियो भने सारथीको प्रतिकित्ता एक हजार ७२६ अन्तिम कारोबार मल्य रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय