काठमाडौं– सोमबार नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य घटेको छ । आइतबार स्थीर रहेको सुनचाँदीको मूल्य सोमबार घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २०० र चाँदी ५ रुपैयाँले घटेको हो ।

सोमबार छापावाला सुन प्रतितोल ८७ हजार २०० र तेजावी ८६ हजार ७५० मा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ८७ हजार ४०० र तेजावी ८६ हजार ९५० मा कारोबार भएको थियो ।

महासंघका अनुसार सोमबारका लागि चाँदीको मूल्य तोलाको एक हजार २३५ तोकिएको छ । आइतबार चाँदी एक हजार २४० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय