काठमाडौं– अब सवारी साधनको लाइसेन्स (सवारी चालक अनुमतिपत्र) लिन प्रयोगात्मक (ट्रायल) परीक्षामा ७० प्रतिशत मिलाए पुग्ने भएको छ । सरकारले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ मार्फत ७० प्रतिशत अंक ल्याए पास हुनेलाई लाइसेन्स दिने व्यवस्था मिलाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका स्वीकृत गरिसकेको छ । यातायात व्यवस्था विभागले निर्देशिका आगामी जेठ १ गतेदेखि कार्यान्वयनमा आउने जनाएको छ । हालसम्म ट्रायल परीक्षा शतप्रतिशत पास गरे मात्रै लाइसेन्स पाउने नियम छ ।

कोरोना कारण लामो समय लाइसेन्सको लिखित र ट्रायल रोकिँदा आवेदनको चाङ बढेर सात लाख हाराहारी पुगेको छ । विभागले सेवाग्राहीको चाप बढेकोले नयाँ निर्देशिका ल्याएर संख्या घटाउन खोजेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय