काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजारले बढेको छ । बिहीबार सुनसँगै चाँदीको मूल्य पनि तोला १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबारका लागि छापावाला सुन प्रतितोला ८९ हजार मूल्इ निर्धारण गरिएको छ भने तेजाबी सुन प्रतितोला ८८ हजार ५५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला ८८ हजार र तेजबी सुन प्रतितोला ८७ हजार ५५० मा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २६० पुगेको छ । अघिल्लो दिन बुधबार चाँदी प्रतितोला एक हजार २४५ मा कारोबार भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय