काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्कुल तथा भिडभाड हुने क्षेत्र बन्द गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई सिफारिस गरेको छ ।

छिमेकी भारतमा कोरोना संक्रमणको दोस्रो लहर चर्किएको र नेपालमा पनि त्यस्तै संकेत देखिएपछि भिडभाड हुने क्षेत्र बन्द गर्न केन्द्रसमक्ष सिफारिस गरेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीको भनाइ छ ।

मन्त्तालयका अनुसार स्कुले बालबालिकामा कोरोनाको नयाँ जात देखिएको छ ।

उनका अनुसार मन्त्रालयले भिडभाड हुने ठाउँ रेस्टुरेन्ट, सिनेमा हल, पार्टी प्यालेस, स्कुल लगायत बन्द गर्न सिफारिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय