काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य तोलामा ७०० ले बढेको हो ।

शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ५०० मा र तेजाबी सुन प्रतितोला ९० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला ३०० बढेर प्रतितोला ८९ हजार ८०० मा कारोबार भएको थियो ।

शुक्रबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३०० मा कारोबार भइरहेको छ ।

बिहीबार पनि चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला एक हजार २९० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय