काठमाडौं– केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिचको आयातमा लगाइएको कोटा प्रणाली स्थगित भएको छ ।

तोकिएको कोटाभन्दा तीन गुणासम्म माग आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोटा प्रणाली स्थगित गरेकोे हो ।

सरकारले गत चैत ९ मा चालु आर्थिक वर्ष ०७७/७८ मा केराउ ८० हजार, सुपारी २५ हजार, छोकडा ५ हजार र नधुल्याएको मरिच १५ हजार मेट्रिक टन आयात गर्न सकिने गरी कोटा तोकेको थियो । २०७६ चैत १६ गते सरकारले ती वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

कोटा प्रणाली लागू भएपछि विभागमा आएका आवेदनको समीक्षा गर्न तत्काल उक्त प्रणाली स्थगित गरिएकोे विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

उनका अनुसार विभागले स्थायी रुपमा कोटा प्रणाली बन्द भने गरेको छैन । कोटा प्रणाली लागू भएपछि विभागमा २५० निवेदनबाट चार लाख ७८ हजार ८४६ मेट्रिक टन सुपारी आयात गर्ने अनुमति माग भएको थियो । सुपारी आयात गर्न कोटाभन्दा १९ गुणा बढी आवेदन परेको ।

त्यसैगरी, केराउ आयात गर्न ३०४ निवेदनबाट एक लाख ७९ हजार ३३, नधुल्याइएको मरिच आयात गर्न २०६ निवेदनबाट एक लाख ६६ हजार ३०३ र छोकडा आयात गर्न १२४ निवेदनबाट ६० हजार ८०४ मेट्रिक टन माग भएको छ ।

गत वर्षको चैतमा केराउ, मरिच, छोकडा, सुपारी मदिराजस्ता वस्तुको आयातमा तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले पूर्णरुपमा रोक लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय