काठमाडौं– नयाँ वर्षको सुरुदेखि बढेको सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ३०० ले घटेको हो ।

महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ७०० र तेजाबी सुन प्रतितोला ९० हजार २०० मा कारोबार भइरहेको छ ।

सोमबार सुनको मूल्य तोलामा ३०० ले बढेर प्रतितोला ९१ हजार मा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य लगातार तेस्रो दिन पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३०० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय