काठमाडौं– नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य ह्वातै बढेको छ । बुधबार एकैदिन सुन तोलामा एक हजार ३०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९२ हजार र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन, मंगलबार सुन तोलामा ३०० ले घटेर प्रतितोला ९० हजार ७०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३१० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय