काठमाडौं– विदेश जान ठिक परेका १२२ जनालाई अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिदिएको छ । कोरोना पिसिआर रिपोर्ट नक्कली हुन सक्ने आशंकामा अध्यागमनले उनीहरुलाई रोकेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार उनीहरुसँग सिनामंगलस्थित सुरिया हेल्थ केयरले जारी गरेको पिसिआर नेगेटिभ रिपोर्ट छ । मंगलबार सुरिया हेल्थ केयरमा प्रहरीले छापा मार्नुका साथै पिसिआरको नक्कली रिपोर्ट बनाएको आरोपमा ८ जनालाई पक्राउ गरेको थियो ।

सो हेल्थ केयरले जाँचै नगरी कोरोना नेगेटिभको रिपोर्ट बनाउने गरेको आरोप छ । विदेश जानेहरूले पनि त्यसैगरी नक्कली रिपोर्ट बनाएको हुन सक्ने भन्दै विभिन्न मुलुक जान खोजेका उनीहरुलाई रोकिएको हो ।

यसरी फिर्ता हुनेको संख्या अझ बढ्न सक्ने अध्यागमन अधिकारीहरु बताउँछन् । विदेश जाने क्रममा नक्कली पिसिआर रिपोर्ट देखाउने प्रवृत्ति बढेकाले उड्न नपाउनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय