
काठमाडौं– बुधबार एकै दिन उच्च मूल्य बढेको पहेंलो धातु सुनको मूल्यले बिहीबार पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा २०० ले बढेको हो ।
महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९२ हजार २०० र तेजाबी सुन प्रतितोला ९१ हजार ७०० मा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार सुन तोलामा एक हजार ३०० ले बढेर ९२ हजार मा कारोबार भएको थियो ।
बिहीबार सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३३५ मा करोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार पनि चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३१० मा तोेकिएको थियो ।