काठमाडौं– नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य फेरि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ७०० मा र तेजाबी सुन प्रतितोला ९१ हजार २०० मा कारोबार भइरहेको छ । बुधबार र बिहीबार सुन तोलामा नै एक हजार ५०० ले बढेको थियो ।

महासंघका अनुसार शुक्रबार सुनसँगै चाँदीको भाउ पनि घटेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३२० मा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३३५ कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय