काठमाडौं– भारतको पश्चिम बंगाल राज्यको कलकत्तामा पिसिआर परीक्षण गराउने हरेक दुईमध्ये एकजनामा कोरोना पोजेटिभ पाइएको टाइम्स अफ इन्डियाले जनाएको छ । उक्त राज्यको अन्य भागमा भने परीक्षण गराउने चारमा एकजनाको रिपोर्ट पोजेटिभ आउने गरेको छ ।

यो आंकडा महिनाको सुरुको तुलनामा पाँच गुणा बढी हो । त्यसबेला प्रत्येक २० नमुना परीक्षणमा एकमा पोजेटिभ आउने गरेको थियो ।

कलकत्ता र वरपरको क्षेत्रका प्रयोगशालाहरुले संक्रमण दर ४५ देखि ५५ प्रतिशत देखाइरहेका छन् । राज्यका अन्य भागमा संक्रमण दर २४ प्रतिशत छ । महिनाको सुरुमा संक्रमण दर ५ प्रतिशत थियो,’ आरटी पिसिआर परीक्षण गर्ने राज्यकै सबैभन्दा ठूलो प्रयोगशालाका एकजना चिकित्सकले भने ।

सरकारी अस्पतालका एकजना सिनियर डाक्टरले यसलाई हिमपातको हिमपातको सानो संकेत भएको बताए । ‘वास्तविक संक्रमण दर निकै उच्च हुनेछ । हामीकहाँ थुप्रै लक्षण नदेखिने वा हल्का लक्षण दखिने बिरामी होलान्, जसले परीक्षण नै गराउँदैनन् । हामीले पर्याप्त परीक्षण गरिरहेका छैनौं । हामी परीक्षणबाट पछि हट्नु हुँदैन किनभने यो लहरलाई नियन्त्रण गर्ने प्रमुखमध्येको एउटा उपाय यही हो,’ उनले भने ।

अप्रिल १ मा २५ हजार ७६६ नमूना परीक्षण गर्दा १२७४ नमुना पोजेटिभ थिए । त्यो भनेको ३.९ प्रतिशत पोजेटिभ दर हो । शनिबार ५५ हजार ६० नमूना परीक्षणा गर्दा २५.९ प्रतिशतमा पोजेटिभ पाइयो ।

छोटो समयमै धेरै मान्छे संक्रमित हुनुको एउटा कारण नयाँ भेरियन्टको उच्च संक्रमण दर भएको पियरलेस अस्पतालका माइक्रोबायोलोजिस्ट भाष्कर नारायण चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय