काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाबाट विभिन्न कार्यक्रम गर्र्दै आएको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको दमौली शाखाले शनिबार जिल्ला प्रहरी कार्यालय तनहुँलाई सय थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ ।

बैंकको दमौली शाखामा आयोजित कार्यक्रममा शाखाका प्रबन्धक सुदिप न्यौपानेले प्रहरी उपरीक्षक अरुण पौडेललाई उक्त फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेका हुन् । फ्लोरोसेन्ट ज्याकेट रातको समयमा टाढैबाट देखिने भएका कारण तीव्र गतिका सवारी नियन्त्रण तथा सवारी दुर्घटना रोकथाममा सहयोग पुर्याउने उद्देश्यले बैंकले ज्याकेट उपलब्ध गराएको थियो ।

देशभर १०३ वटा शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रम गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय