काठमाडौं– महालक्ष्मी विकास बैंकले निषेधाज्ञा अवधिमा ग्राहकलाई सहज र सुरक्षित तवरले सेवा उपलब्ध गराउने उद्देश्यले ग्राहक समन्वयकर्ताको व्यवस्था गरेको छ ।
समन्वयकर्ताले ग्राहकको बैंकिङ सेवासम्बन्धी जिज्ञासा वा गुनासोलाई सम्बन्धित शाखाहरुसँग समन्वय गरी यथाशीघ्र सेवा उपलब्ध गराउने बैंकका निमित्त कार्यकारी प्रमुख दिपेश लम्सालले जानकारी दिएका छन् ।
निषेधाज्ञा अवधिमा संक्रमण कम गर्नका लागि डिजिटल बैंकिङ अन्तर्गत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड तथा कनेक्ट आइपिएस जस्ता सुविधा प्रयोग गरी सुरक्षित रहन बैंकले अपिल समेत गरेको छ ।
बैंकले निषेधाज्ञा अवधिमा ग्राहकलाई पर्न सक्ने समस्याहरु सम्भव भएसम्म समाधान गरी अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।