
काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ४०० ले घट्दा चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ३०० र तेजाबी सुन ९२ हजार ८०० मा कारोबार भइरहेको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ७०० र तेजाबी सुन प्रतितोला ९३ हजार ३०० मा कारोबार भएको थियो ।
त्यसैगरी, यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार ३५० मा झरेको छ । अघिल्ले दिन बिहीबार चाँदी प्रतितोला एक हजार ३६० मा कारोबार भएको थियो ।