काठमाडौं– धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा बिहीबार सेयर कारोबार रकममा नयाँ कीर्तिमान बनेको छ । यस दिन पौने १५ अर्बभन्दा बढीको सेयर किनबेच भएर नयाँ कीर्तिमान बनेको हो ।

यस अघि एकै दिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । बिहीबार भने १४ अर्ब ७६ करोड ८८ लाखभन्दा बढीको सेयर किनबेच भएको छ ।

मंगलबार नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले गर्ने सेयर कारोबारमा कडाइ गरेको थियो । राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने भएका छन् । अन्य कम्पनीको सेयर खरिद गर्दा पनि कम्तीमा एक वर्ष होल्ड गर्नुपर्ने नियम राष्ट्र बैंकले लागू गरेको छ ।

यस दिन नेप्से परिसूचक भने १.२ बिन्दुले घटेको छ भने २१५ वटा सूचीकृत कम्पनीको ४ करोड १८ लाख १३ हजार ९९४ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय