
काठमाडौं– नेपाल समुद्रपार निकासी पैठारी संघले जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
बिहीबार संघका अध्यक्ष सुनिलकुमार वशंलले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय परिसरमै प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई ५ हजार थान फेस मास्क, स्यानिटाइजर र पञ्जा हस्तान्तरण गरेको हो ।
उक्त सामग्रीले फ्रन्टलाइनमा रहेर क्रियाशील कर्मचारी र सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणमा थोरै भए पनि योगदान हुने संघले विश्वास छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष वशंलसहित, प्रथम उपाध्यक्ष विनोदकुमार सेठिया, कार्यसमिति सदस्य गौरव शारडा, प्रभात सर्राफ र सदस्य सुमित वशंल सहभागी थिए ।