काठमाडौं– सरकारले वैशाख २३ देखि रोकेको नियमित अन्तर्राष्ट्रिय उडानमध्ये केहीलाई जेठ १८ देखि अनुमति दिने भएको छ । बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले चीन, कतार र टर्कीको नियमित उडान खोल्ने निर्णय गरेको हो ।

पर्यटनमन्त्री भानुभक्त ढकालका अनुसार चार्टर उडानमा यात्रुहरू ठगिने क्रम बढेपछि यी तीनवटा देशमा साताको एक–एक उडान सञ्चालन गर्ने निर्णय गरिएको हो ।

१८ गतेबाट चीनको कुनै पनि स्थान, कतारको दोहा र टर्कीको इस्तानबुलमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुल्नेछ । ती उडानमार्फत नेपाल आउने यात्रुका लागि विभिन्न सर्त तोकिएका छन् ।

दुवै खोप लगाएको र कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको यात्रुलाई १० दिन होम क्वारेन्टाइनमा बस्ने गरी नेपाल आउन दिने निर्णय भएको छ ।

एउटा मात्र खोप लगाएको छ र कोरोना परीक्षण नेगेटिभ छ भने काठमाडौंका कुनै होटलमा तीन दिन क्वारेन्टाइन बस्नुपर्नेछ । यस्तो क्वारेन्टाइन खर्च यात्रु आफैंले बेहोर्नुपर्नेछ ।

एउटा पनि खोप नलगाएको तर रिपोर्ट नेगेटिभ आएका यात्रुले आफ्नै खर्चमा १० दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ ।
वैशाख २३ देखि भारतबाट अन्त्रयको नियमित अन्तर्राष्ट्यि उडान बन्द छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय