काठमाडौं– बिलासी वस्तुमा विश्वविख्यात ब्रान्ड डिओरले उक्त ब्रान्डको पर्फ्युम ज डोरको विज्ञापन अभियानका लागि चीनकी ट्रान्सजेन्डर (लिंग परिवर्तन) सँग सहकार्य गरेको छ ।

डिओरले आफ्ना वेइबो एकाउन्टमार्फत यो कुराको जानकारी दिएको छ । डिओरको वेइबो अकाउन्टमा जिन सिङ नामकी ती ट्रान्सजेन्डरले महिला सशक्तीकरणका विषयमा बोलेकी छिन् ।

जिन सिङ पूर्वपुरुष ब्याले नर्तक तथा सैनिक कर्णेल हुन् । चीनमा शल्यक्रियामार्फत लिंग परिवर्तन गरेको सार्वजनिक गर्ने उनी नै पहिलो व्यक्ति हुन् । लिंग परिवर्तनपछि उनी सुप्रशिद्ध टेलिभिजन प्रस्तोता बनिन् । सामाजिक मिडियामा उनका फलोअर्स प्रशस्त छन् ।

डिओर जस्तो विश्वविख्यात ब्रान्डको यो कदमले चीनमा एलजिबिटी समुदायलाई स्वीकार्न थालिएको देखाउँछ, जहाँ लिंग परिवर्तन गरेका व्यक्तिको अधिकारलाई आंशिक रुपमा मात्र मान्यता दिइएको छ ।

चीनमा एलजिबिटी मुद्दा अझै पनि अस्वीकार्य विषयको रुपमा छ, जहाँ यो समुदायका मानिसले तिरस्कार, बेरोजगारी र जेलसम्मको परिणाम भोग्नुपर्छ ।

सन् २०१५ मा बेइजिङकी ट्रान्सजेन्डर महिला चाओ साओमीले लिंग परिवर्तन गर्नेका मुद्दालाई सार्वजनिक चर्चामा ल्याएकी थिइन् । उनले एउटा सपिङ सेन्टरको बाथरुम प्रयोग गर्न नपाएपछि ट्रान्सजेन्डरको मुद्दा सार्वजनिक चर्चामा आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय