काठमाडौं– रेडियो सञ्चालकहरुको संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको शुक्रवार बिहान निधन भएको छ । कोरोना संक्रमणका कारण उनको ५० वर्षको उमेरमा निधन भएको हो ।

न्यौपानेको विराट मेडिकल कलेजमा उपचार भइरहेकोमा शुक्रबार मृत्यु भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले जानकारी दिएका छन् ।

न्यौपाने इटहरीको सप्तकोसी एफएमका स्टेसन म्यानेजर र विज्ञापन बोर्डका सदस्य समेत थिए । कोरोना संक्रमण पुष्टि भएपछि न्यौपानेलाई वैशाख २८ गते बेलुका विराटमा भर्ना गरिएका थियो । अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय