नयाँ दिल्ली– कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण संकटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घन्टामा १ लाख ८६ हजार ३६४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएको छ ।

भारतमा कोरोना संक्रमणको यो संख्या ४४ दिनयताको सबभन्दा कम हो । कोरोना सुरु भएयतम देशभर हालसम्म कूल संक्रमित २ करोड ७५ लाख भन्दा बढी भएको छ ।

भारतमा हाल कोभिड–१९ का २३ लाख ४३ हजार १५२ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घन्टामा २ लाख ५९ हजार ४५९ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च बिन्दुमा पुगेको थियो ।

तर दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणमा २४ घन्टाको अवधिमा ३ हजार ६६० जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख १८ हजार ८९५ जनाको ज्यान गएको छ ।

साथै, भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार ३३ करोड ९० लाख ३९ हजार भन्दा बढी नमुना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड ५७ लाख डोज खोप लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय