
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट ओलीले अपराह्न ४ः०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
नेपाल टेलिभिजनले सम्बोधनको प्रत्यक्ष प्रसारण गर्नेछ ।