
काठमाडौं– अर्थमन्त्री बिष्णु पौडेलले चालु आर्थिक वर्षको संशोधित आर्थिक वृद्धिको लक्ष्य पनि भेट्न नसकिने बताएका छन् । उनले निषेधाज्ञाले गर्दा उक्त वृद्धिको लक्ष्यमा पुग्न कठिन हुने बताएका हुन् ।
शुक्रबार चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने क्रममा उनले केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको ४.०१ प्रतिशतको आर्थिक वृद्धि हासिल नहुने बताए ।
चालु वर्षको बजेटले भने ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष्य अनुमान गरेको थियो ।
सरकारले कोरोना संक्रमण रोक्ने उद्देश्यले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको छ । देशको लगभग सबै जिल्लामा निषेधाज्ञा जारी भएपछि आर्थिक गतिविधिहरु घटेका छन् ।