नयाँ दिल्ली– भारतमा सोमबार दैनिक कोरोना संक्रमण दर ५० दिनयताकै सबैभन्दा तल्लो बिन्दुमा ओर्लेको छ ।

संघीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा भारतमा १ लाख ५२ हजार मात्र नयाँ संक्रमित थपिएका छन् । मृत्यु पनि ३१ सयमा ओर्लेकाृ छ । मृत्यु संख्या एक महिनाभन्दा लामो समयपछि ३१ सयमा ओर्लेको हो ।

पछिल्लो अपटेडसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ८० लाख नाघेको छ ।

ताजा तथ्यांक अनुसार पछिल्लो २४ घन्टाको अवधिमा भारतमा एक लाख ५२ हजार ७३४ नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या २ करोड ८० लाख ४७ हजार ५३४ पुगेको छ ।

यसअघि भारतमा अप्रिल १० का दिन दैनिक संक्रमित संख्या १ लाख ४५ हजार ३८४ थियो । उत्तरपूर्वी क्षेत्रका केही स्थान र लद्दाख बाहेक भारतका सबै जसो राज्यमा दैनिक संक्रमण दर घट्दै गएको छ । भारतमा तीन हप्तादेखि दैनिक संक्रमण दर लगातार घटिरहेको छ ।

भारतमा तीन साताअघि दैनिक संक्रमण ४ लाख १४ हजारसम्म पुगेको थियो । दैनिक मृत्यु पनि ४५ सयभन्दा माथि पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय