काठमाडौं– छिमेकी भारतमा कोरोना संक्रमण र मृत्यु दर उत्साहजनक रुपलेओरालो लाग्न थालेको छ ।

मंगलबार त्यहाँको दैनिक संक्रमण सवा लाख हाराहारी ओर्लेको छ । पछिल्लो २४ घन्टामा भारतमा एक लाख २७ हजार ५१० जना मात्र संक्रमित थपिएको त्यहाँको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१९ लाख २५ हजारभन्दा बढी नमूना परीक्षण गर्दा उक्त संख्यामा पोजेटिभ नतिजा आएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यहाँ दैनिक औसत परीक्षण दर २० लाख हाराहारी छ ।

यस अवधिमा २७ सय ९५ जनाको ज्यान गएको छ । पछिल्लो अपडेटसँगै भारतमा कुलकोरोना संक्रमितको संख्या दुई करोड ८२ लाख नाघेको छ । मृत्यु संख्या ३ लाख ३१ हजार ८९५ पुगेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

संक्रमण दर अप्रिल ८ यताकै कम हो । भारतमा मे ७ का दिन ४ लाख १४ हजार नयाँ संक्रमित थपिएका थिए । मृत्यु पनि ४५ सयभन्दा माथि पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय