काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको छ ।

यादव पक्षीय नेताहरु सहभागी कार्यकारिणी समिति बैठकले उनीहरुलाई पार्टी सदस्यबाट हटाउने निर्णय गरी निर्वाचन आयोगलाई समेत जानकारी गराएको छ ।

यादवले यी चारैजना नेतालाई जेठ १५ गते २४ घन्टा समय दिएर स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ नआएपछि उनीहरुलाई निष्कासन गरेको छ । जेठ ८ गते बसेको कार्यकारिणी समिति बैठकले कारबाहीसम्बन्धी निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष यादवलाई दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय