काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिनियाँ कम्पनी सिनोभ्याकले तयार गरेको कोरोना खोपलाई पनि आपतकालीन प्रयोग अनुमति दिएको छ ।

डब्लुएचओले उक्त खोपलाई मंगलबार आपतकालीन प्रयोग अनुमति दिएको हो । डब्लुएचओले चीन सरकारको स्वामित्वमा रहेको कम्पनी सिनोफार्मको खोपलाई यसअघि नै प्रयोग अनुमति दिइसकेको छ ।

पछिल्लो पटक अनुमति पाएको सिनोभ्याकको खोप पनि अन्य खोप जस्तै दुई मात्रा लगाउनुपर्छ । यो खोप चीनसहित संसारका थुप्रै देशमा प्रयोग भइरहेको छ ।

सिनोभ्याक खोप अहिले चीन, चिली, ब्राजिल, मेक्सिको, थाइल्यान्ड, टर्कीलगायत २२ ठाउँमा प्रयोग भइरहेको छ ।
‘१८ वर्षभन्दा माथिका मानिसलाई यो खोपको दुई मात्रा दुईदेखि चार साताको अन्तरमा लगाउन सिफारिस गरिन्छ,’ डब्लुएचओको विज्ञप्तिमा भनिएको छ ।

संगठनले हालसम्म फाइजर/बायोएनटेक, मोडेर्ना, जोनसन एन्ड जोनसन, अस्ट्राजेनेका र सिनोफार्मले उत्पादन गरेको खोपलाई प्रयोग अनुमति दिएको छ ।

अब सिनोभ्याकको खोप पनि विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधामा सामेल हुन पाउनेछ । यसले विपन्न मुलुकहरुलाई कोरोनाविरोधी खोप पाउने सम्भावनानजिक पुर्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय