काठमाडौं– उपत्यकाका जिल्ला प्रशासन कार्यालयले हाल जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेका छन् । निषेधाज्ञा थप गर्ने क्रममा विहे, ब्रतबन्धमा अझै कडाइ गरिएको छ भने किनमेल र निर्माण कार्यलाई सजिलो बनाइएको छ । खोल्न पाइने सेवामा सवारी साधन मर्मत गर्ने वर्कसप पनि थप गरिएको छ ।

यसअघि दुईवटा गाडी र १० जनासम्म सहभागी हुने गरी घर गर्न पाइने विवाह व्रतबन्धमा अब एउटा मात्र गाडी र ७ जनामात्र सहभागी हुन पाइने गरिएको छ । विहेको एउटा गाडी ब्यानरका आधारमा चल्न पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

अत्यावश्यक वस्तुको किनमेल र निर्माण कार्यलाई भने खुकुलो बनाइएको छ । अब किराना पसल र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न पाइनेछ भने स्थानीय ढुवानीका साधन राति ९ः०० बजेबाट बिहान ९ः०० बजेसम्म चल्न पाउनेछन् । खोल्न पाइने सेवामा सवारी साधन मर्मत गर्ने वर्कसप थपिएको छ ।

अबदेखि सवारी साधन मर्मत गर्ने वर्कसपहरु राति ९ः०० बजेदेखि बिहान ९ः०० बजेसम्म खोल्न पाइने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय