काठमाडौं– उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा एक साता थप गरेका छन् । आइतबार सम्पन्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना संक्रमण अझै नियन्त्रणमा नआएको निष्कर्ष निकाल्दै एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

प्रशासनले जारी निषेधाज्ञालाई केही खुकुलो गर्दै औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनुपर्दा घरबाट बाहिर निस्कन सक्ने जनाएको छ ।

नयाँ नियम प्रोटोकल अनुसार तरकारी, फलफूल, खाद्यान्न, दूध, डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल र डिपार्टमेन्ट स्टोर बिहान ११ बजेसम्म खोल्न पाइनेछ । तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्रीवितरण गर्न पाइने छैन । स्थानीय ढुवानीका हकमा राति ९ बजेदेखि बिहान ११ बजेसम्म छुट दिइएको छ ।

यसैगरी, पुस्तक पसल र प्रिन्टिङ प्रेस बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ । विकास निर्माणजन्य सामग्रीका पसलहरु (छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटरी, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि सञ्चालन गर्न सकिनेछ ।

अब सहकारी र रेमिटहरु हप्तामा दुई दिन खोल्न पाइने छ । अध्ययनका लागि विदेश जानेहरु र इडिभी परेका व्यक्तिहरुले भिसा प्रक्रिया अघि बढाउन पाउने छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय