काठमाडौं– घना आवादी रहेको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण रोक्न चालिएका कदमहरु सफल र प्रभावकारी ठहरिएका छन् । निषेधाज्ञा र लकडाउनकै कारण ४ लाख १४ हजार पुगेको दैनिक संक्रमण दर ६० हजारमा ओर्लिएको अनुमान गरिएको छ ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा त्यहाँ ६० हजार ४७१ जना मात्र संक्रमित थपिएका छन् । १७ लाख ५१ हजार ३५८ नमुना परीक्षण गर्दा ६० हजार ४७१ नमूनामा कोरोना पोजेटिभ देखिएको हो ।

यो २४ घन्टामा २७२६ जना संक्रमितको निधन भएको मन्त्रालयले जनाएो छ अब भारतमा कोरानाजन्य मृत्युको संख्या तीन लाख ७७ हजार ३१ पुगेको छ ।

सबा अर्ब जनसंख्या रहेको भारतमा दैनिक संक्रमण दर एक लाखभन्दा तल ओर्लेको लगातार आठ दिन भएको छ । मे ७ का दिन ४ लाख १४ हजार नाघेको दैनिक संक्रमण दर जुन ८ मा पहिलोपटक एक लाखभन्दा तल ओर्लेको थियो ।

संक्रमणमुक्त हुने दर २ करोड ८२ लाख ८० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ लाख १७ हजार ५२५ जना संक्रमणमुक्त भएको प्राप्त समाचारमा उल्लेख छ । भारतको संक्रमणमुक्त हुने दर ९५.६३ प्रतिशत छ । सक्रिय संक्रमितको संख्या घटेर ९ लाख १३ हजारमा सीमित भएको छ । संक्रमण उच्च बिन्दुमा पुगेको बेला भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख नाघेको थियो ।

साप्ताहिक पोजेटिभ दर घटेर ५ प्रतिशतभन्दा तल आएको छ । अहिले त्यहाँ दैनिक संकलित नमुनाको ४.३९ प्रतिशतमा मात्र पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय