काठमाडौं– नेपाली बजारमा शुक्रबार समेत सुन तथा चाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार पनि सुन तोलामा एक हजार २०० ले घटेको छ भने चाँदी ३५ रुपैयाँले घटेको छ । बजारमा बिहिबार सुन तोलामै एक हजार १०० ले घटेको थियो ।

यस दिन छापावाला सुन प्रतितोला ९० हजार ८०० र तेजाबी सुन प्रतितोला ९० हजार ३०० मा कारोबार भइरहेको छ ।
अघिल्लो दिन बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार बिहीबार चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३०५ मा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार ३४० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय