काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले ग्राहकको सुविधाका लागि स्मार्ट फोनबाट तत्काल प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ ।

आफ्ना ग्राहकलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उदेश्यले बैंकले एफ वान सफ्ट इन्टरनेसनल प्रालिसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको जनाएको छ ।

यस सुविधामार्फत मेगा बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ–संस्था तथा कम्पनीका कर्मचारीले ३० दिनसम्मका लागि अधिकतम २ लाख उपभोग गर्न सक्नेछन् ।

बिना झन्झट, बिनाधितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोनमार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ई–बैंकिङ प्रमुख विश्व सिंहले बताए ।

मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाइन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’मार्फत खातामा कर्जा रकम जम्मा गरिनेछ भने कर्जा लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्न र अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनु नपर्ने बैंकको विज्ञप्तिमा उल्लेख छ । कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत पूरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय