
काठमाडौं– नेपाली बजारमा मंगलबार पहेंलो धातु सुनको मूल्य तोलामा ६०० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९१ हजार र तेजावी सुन प्रतितोला ९० हजार ५०० मा कारोबार भइरहेको छ ।
सोमबार सुन तोलामा ४०० ले बढेर छापावाला सुन प्रतितोला ९० हजार ४०० र तेजावी सुन ८९ हजार ९०० मा कारोबार भएको थियो ।
महासंघका अनुसार मंगलबार चाँदी ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३०० मा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २९५ मा कारोबार भएको थियो ।