काठमाडौं– सरकारले सर्त तोकेर आन्तरिक उडान खोल्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय उडानको हकमा थप देशहरुमा सीमित संख्यामा उडान सुरु गर्ने जनाएको निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको छ ।

मन्त्रिपरिषद्ले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान सर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनी अनुसार कोटा तोकेर उडान खोल्ने तयारी छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि आन्तरिकतर्फ कूल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गरिने र उपयुक्त उडान तालिका र मिति पर्यटन मन्त्रालयले तय गर्ने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

अन्तर्राष्ट्रियतर्फ नियमित उडान संख्या थप गर्ने निर्णय भएको छ । अहिले काठमाडौं–दोहा, काठमाडौं–दिल्ली र काठमाडौं–टर्की सेक्टरमा सीमित संख्यामा नियमित उडान भइरहेको छ ।

अब भने काठमाडौं–दोहा सेक्टरमा दुवै मुलुकका वायुसेवा कम्पनीले सातामा चार उडान गर्नेछन् । काठमाडौं–इस्तानबुल सेक्टरमा साताको दुई र काठमाडौं–दुबईमा सातामा चार उडान हुनेछ ।

काठमाडौं–दमाम सेक्टरमा हप्ताको दुई, काठमाडौं–कुवेतमा साताको दुई, काठमाडौं–मस्कटमा साताको एक र मलेसियामा साताको चार उडान सञ्चालन गरिनेछ । त्यस्तै दक्षिण कोरिया र जापानमा एक एक उडान तथा काठमाडौं–छेन्दु र ग्वाङजाओ गन्तव्यमा साताको एक–एक उडान सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय