काठमाडौं– बुधबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो ।

बुधबार छापावाला सुन प्रतितोला ९० हजार ७०० र तेजाबी सुन प्रतितोला ९० हजार २०० मा कारोबार भइरहेको छ ।

अघिल्लो दिन मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार र तेजाबी सुन प्रतितोला ९० हजार ५०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार यस दिन चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार २९५ मा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३०० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय