काठमाडौं– सरकारले निषेधाज्ञाबीच बन्द गरेको आन्तरिक हवाई उडान असार १७ बाट खोल्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार एक सूचना जारी गरी असार १७ बाट कुल उडान संख्याको ५० प्रतिशत आन्तरिक उडान सञ्चालनको व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको हो ।

मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना हुने गरी आन्तरिक उडान सञ्चालन गर्न भनेको छ ।

अन्तर्राष्ट्रिय उडान संख्या बढाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको सूचना अनुसार बिहीबार दोहा र इस्तानबुल उडान हुनेछ । त्यसैगरी शुक्रबार नेपाल एयरलाइन्सको जहाजले जापान र एयर इन्डियाको जहाजले नयाँ दिल्ली उडान भर्नेछन् । शनिबार काठमाडौंबाट दोहा, इस्तानबुल र अबुधाबीको उडान हुनेछ ।

आइतबार दोहा दुई तथा दुबई र मलेसिया एक–एक उडान हुनेछ । आगामी सोमबार दुबई दमाम र दोहाको उडान हुने सूचनामा उल्लेख छ । मंगलबार दोहा, इस्तानबुल, दुबई र ओमन उडान हुनेछ । बुधबार दुबई, दमाम, दोहा र क्वालालम्पुर उडान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय