
काठमाडौं– बिहीबार नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो ।
बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ५०० र तेजाबी सुन प्रतितोला ९० हजार मा कारोबार भइरहेको छ ।
अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला ९० हजार ७०० र तेजाबी सुन प्रतितोला ९० हजार २०० मा कारोबार भएको थियो ।
महासंघका अनुसार बिहीबार चाँदी भने अघिल्लो दिनकै मूल्य प्रतितोला एक हजार २९५ मा खरिद बिक्री भइरहेको छ ।