काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य मनिषलाल प्रधानको सभापतित्वमा गठित निर्यात प्रवर्द्धन समिति विस्तार भएको छ । समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य नरेशलाल श्रेष्ठ र महासंघको वागमती प्रदेशका उपाध्यक्ष सविन श्रेष्ठ चुनिएका छन् ।

समितिका सदस्यहरूमा नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका सचिव हेमन्तराज बोहरा, नेपाल पश्मिना उद्योग संघका महासचिव अजयसिंह कार्की, नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्य, नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष राजकुमार कार्की, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष अमृत खड्का, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका उपाध्यक्ष समिरविक्रम शाह चुनिएको महासंघले जनाएको छ ।

त्यसैगरी, विशेष आमन्त्रित सदस्यहरूमा बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, ललितपुर उद्योग वाणिज्य संघका कार्यकारिणी समिति सदस्य सविनलाल प्रधान, नारायणगोपाल श्रेष्ठ, गलैंचा व्यवसायी दावा शेर्पा, वीरगन्ज उद्योग वाणिज्य संघका कार्यकारिणी समिति सदस्य सुशान्त चाचान, नेपाल तयारी पोसाक उद्योग संघका महासचिव अशोक अग्रवाल, महिला उद्यमी महासंघ नेपालका रुकमणिदेवी श्रेष्ठ, नेपाल रत्न तथा आभूषण संघका उपाध्यक्ष सुमन ताम्राकार छन् ।

महासंघका पूर्वकार्यकारिणी समिति सदस्य राजन शर्मा, नेपाल चिया उत्पादक संघका सल्लाहकार उदय चापागाईं, नेपाल हब्र्स एन्ड हर्बल संघका निवर्तमान अध्यक्ष गोविन्द घिमिरे समितिको सल्लाहकारमा चुनिएका छन् ।

समितिमा चुनिएका उद्यमी, व्यवसायीलाई महासंघका तर्फबाट औपचारिक पत्र हस्तान्तरण गर्दै अध्यक्ष शेखर गोल्छाले मुलुकको निर्यात प्रवर्द्धनमा समितिले सक्रियतापूर्वक काम गरी सिंगो समितिले निर्यात प्रवर्द्धनमा विज्ञ समूहको रुपमा काम गर्ने विश्वास आफूले गरेको बताए ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले समितिले उद्यमी, व्यवसायीले निर्यातका क्रममा भोग्नुपरेका समस्या पहिचान गर्दै समाधानतर्फ सरकारमा ठोस सुझाव दिन सक्रियतापूर्वक लाग्नुपर्ने धारणा राखे ।

कार्यक्रममा महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले समितिले निर्यात प्रवर्द्धनका हरेक मुद्दामा समितिका तर्फबाट ठोस काम गर्ने विश्वास प्रकट गर्दै समितिमा चुनिएका सबैलाई बधाई सहित शुभकामना दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय